Monday, December 16, 2013

Offer to Nepali players

काठमाडौं– ट्वान्टी–२० विश्वकपमा छनोट भएर
आएको तथा विश्वकप छनोट खेल्न जाने नेपाली राष्ट्रिय
क्रिकेट टोलीलाई सोमबार सम्मान थाप्न भ्याइ नभ्याई छ।
सेन्चुरी बैंक र सिद्धार्थ बैंकले बिहान नेपाली टोलीलाई नगद
सहित सम्मान गरेको छ।
सेन्चुरीले बिहान ९ बजे एकदिवसीय विश्वकप खेल्न जाने
१५ खेलाडीलाई जनही १५ हजार प्रदान गरेको छ । त्यस्तै
सिद्धार्थ बैंकले बिहान साँढे ११ बजे ट्वान्टी–२०
विश्वकपमा छनोट भएको २० सदस्यीय टोलीलाई जनही १५
हजार प्रदान गरेको छ। सेन्चुरी बैंकका कार्यकारी प्रमुख
गणेशकुमार श्रेष्ठले खेलाडीलाई नगद प्रदान गरेर सम्मान गरे।
सेन्चुरीले एकदिवसीय विश्वकप
छनोटमा नेपाली खेलाडीका लागि 'सेन्चुरी अफर'
पनि ल्याएको छ। जसअनुसार न्युजिल्यान्डमा जनवरी १३
बाट सुरु हुने एकदिवसीय विश्वकप छनोटमा सतक बनाउने
खेलाडीलाई १ लाख प्रदान गर्ने भएको छ। त्यस्तै अर्धसतक
बनाउनेलाई ५० हजार, एक खेलमा ५ विकेट लिनेलाई १ लाख,
३ विकेट लिनेलाई ५० हजार तथा ह्याट्रिक विकेट
लिनेलाई ५० हजार प्रदान गर्ने जनाएको छ।
सिद्धार्थ बैंकका प्रमुख चिरञ्जिवीलाल अग्रवाल र
कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीले खेलाडीलाई सिद्धार्थ
भिसा कार्ड प्रदान गर्दै रकम हस्तानतरण गरे। साथै
सिद्धार्थले दुई क्रिकेट खेलाडी पृथु बाँस्कोटा र सोमपाल
कामीलाई दुई वर्षका लागि आफ्नो कम्पनीमा अनुबन्धित
गरेको छ। ट्वान्टी–२० विश्व छनोट खेल्न
अघिल्लो महिना दुबई गएको १५ सदस्यीय टोलीलाई
विभिन्न कर्पोरेट हाउसले अनुबन्धित गरेका थिए। पृथु
चोटका कारण दुबई गएका थिएनन् भने सोमपाल
पहिलो पटक नेपाली टोलीमा परेका हुन्।
ट्वान्टी–२० विश्वकप पुगेको नेपाली टोलीलाई सरकारले
दिउँसो ३ बजे सम्मान गर्दैछ । मन्त्री परिषदका अध्यक्ष
खिलाराज रेग्मी सिंहदरबार स्थित राष्ट्रिय विकास
परिषदको हलमा प्रत्येक खेलाडीलाई १० लाख प्रदान गर्दैछन्।
प्रशिक्षक पुबुदु दासानायकेले ५ लाख तथा अन्य
अफिसियलले ३ लाख पाउने छन्।
लगभग सोही समयमा सांग्रिला होटलमा बजाजले कप्तान पारस
खड्कासँग अन्तरक्रिया कार्यक्रम गर्दैछ। पारस बजाज पल्सर
मोटरसाइकलका ब्रान्ड एम्बासडर हुन्। नेपाली टोली विश्वकप
छनोट तयारीलाई मंगलबार श्रीलंका जाँदैछ।
श्रीलंकामा १० दिन अभ्यासका क्रममा नेपालले ४ अभ्यास खेल
खेल्ने छ । त्यसपछि न्युजिल्यान्ड पुगेर नेपालले आफ्नै
व्यवस्थापनमा थप ४ अभ्यास खेल खेल्ने छ । अन्तर्राष्ट्रिय
क्रिकेट परिषदले आयोजना गर्ने नामिबिया र
केन्यासँगको दुइ अभ्यास खेल खेलेपछि विश्वकप
छनोटमा नेपालले युएई, स्कटल्यान्ड, हङकङ र क्यानाडासँग
प्रतिस्पर्धा गर्नेछ।

No comments:

Post a Comment